बिपन्नलाई सुदूरपश्चिमेली समाजको सहयोग

कैलाली, साउन २४

Sagan sahari bhawan nirman aayojana

सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले कैलालीका विभिन्न क्षेत्रमा ७६ घर परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।कोरोना सँक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित कैलालीका विभिन्न क्षेत्रमा रहेका अति विपन्न ७६ घर परिवारलाई सर्बेक्षणका आधारमा सहयोग गरिएको हो ।

सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाको नेतृत्वमा सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक महासचिव अमृत शाहि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द ,सुदुरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दिपक प्रकाश मल्ल, सुदुर पश्चिमेली नेपाली समाज भारत केन्द्रिय खेलकुद बिभाग प्रमुख अनिल बलायर लगायत स्थानीय सरकारको रोहबरमा कैलालीको बर्दगोरिया गाउपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउपालिका गरि ७६ घर परिवारलाई नेपाली २ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको सुदुरपश्चिमेलि नेपाली समाज केलिफोर्नियाका अध्यक्ष करन चन्दले बताए ।

Shaileshwori
Loading...