यहाँ जनतालाई स्वासको समस्या, माथी उहाँलाई बिश्वासको समस्या

प्रेम स्मृति चन्द
अस्पतालमा जाउ बेड छैन, घरमा बसौ घरका अरु सदस्य लाई संक्रमण होला भन्ने डर, अस्पतालमा जाउ भने पनि अस्पतालले आफै अक्सिजन खोज भन्ने, फेरि सरकारले भन्छ यहि संख्यामा संक्रमण बढदै गए हाम्रो स्रोत साधन र क्षमताले थेक्न सक्दैन, यो विषम परिस्थितिमा सरकारले आफ्ना नागरिकको मनोबल उच्च बनाउनुको सट्टा सरकारले नागरिक लाई डराउने र तर्साउने गरेको पाइयो ।

जनता लाई तल स्वासको समस्या माथी उहाहरु लाई बिश्वासको समस्या भइ रहदा, विश्व नै महामारी विरुद्ध लडिरहेका बेला नेपाल सरकार र नेपालका राजनितीक दल भने सरकार बनाउने र सरकार गिराउने रणनीतिमा लागेका छ्न । दैनिक ८/१० हजार लाई संक्रमण हुदा र दैनिक २/३ सय सम्मको मृत्यु हुदा समेत सुतेको मेरो संघ र प्रदेश सरकार अब ठाडो उठनै पर्छ । यो विषम समयमा करोडका भस्टचार, ज्यादती र अबसरबादी विरुद्ध नेपाली जनताले एक हुनै पर्छ र एकले अर्का लाई बचाउनै पर्छ ।
आफू बचौ, अरुलाई पनि बचाउ
