गजल

मनमोहन ठकुल्ला पुर्विचौकी गा.पा.२ 'फटकहाल्ला' हाल : सिलगढी

बिजोग छ, यहाँ देशमा ठूलो बिजोग छ।
कोरोनाको छैन,ओखतीमूलो बिजोग छ।।

कुन दिन जग्गा जमिन बेच्नु पर्छ,सरकार।
लकडाउन भएपछि खुकुलो बिजोग छ।।

Sayalb

प्रकोप सँगसँगै भोकमरी पनि आएपछि।
जनताको घरमा बल्दैन, चुलो बिजोग छ।।

महोदय ! कोरोनाबाट हामी कसरी बचौ ।
जताततै उडेको छ , धुवाँ धुलो विजोग छ ।।

कसरी बचाउ, हे ईश्वर! यो दुई दिने चोला ।
कोरोनाले बनाइसक्यो,जीउ लुलो बिजोग छ।।

Shaileshwori
Loading...