सकेन कृष्णले परदेशमा आशामा बस्न

गजल
के सकोस् त परदेशीको आशामा बस्न
सकेन श्रीमतीले केहिदिन बाचामा बस्न

दिलको गह्रामा रोपेर भएन तिमीलाई
जुरेको रहेछ कसैको गमलामा बस्न

म झ्याल ढोका बन्द हुदा निसासिन्छु
कसरी राजी छस् सुगा पिँजडामा बस्न

चाहेर मात्रै शिरमा बस्न पाइन्छ र कहाँ
जस्तो बिबश छ पाउजु खुट्टामा बस्न

Sayalb

बहुत थियो मसंग दुई दिनमै सकियो
अहँ मानेन खुसीले बचत खातामा बस्न

म शान्ती खोजी रहे बुद्ध बनि रहे
हिटलर हुनुपर्ने रहेछ यो दुनियामा बस्न

बरू मलाई बगेरै सकिन परे परोस्
गाजल बन्न मन छ तिम्रा आँखामा बस्न

कृष्ण भण्डारी
ठेगानास्:- दिपायल सिलगढी नगरपालिका वडा नंः ५, डोटी
हाल :-दक्षिण कोरिया

Shaileshwori
Bolpatra
Loading...