‘सहायक श्रीमान’ रसियामा पुरस्कृत

काठमाडौं, भदौ १४

नेपालमार बहुपति प्रथाको बिषयमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ। रसियामा अगष्ट २३ देखि २९ तारिख औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’(को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो।
रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे । बिभिन्न देशका फिल्महरु प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।
