दलित मैत्री स्थानीय तह

नारद नेपाली
डोटी– स्थानीय तह दलित मैत्री हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। आज दिपायल सिलगढी नगरपालिकाको शभाहलमा दलित महिला संघ (फेडो )डोटीका द्वारा आयोजित कार्यक्रममा दिपायल सिलगढी नगर पालिका दलित मैत्री नगरपालिकाका हुनुपर्नेमा आम सहभागीहरूले जोड दिएका थिए ।

स्थानिय तहमा सामाजिक न्याय र विकासकालागि नीति ,वजेट र योजनामा दलित तथा दलित महिलाहरुको अर्थपूर्ण सहभागीता र प्रतिनिधित्वको लगायतका विषयमा स्थानीय सरकाका प्रतिनिधिहरु संग छलफल भएको थियो ।

दलित महिलाको विकास र सामाजिक न्यायकालागि शासन सुदृढीकरण परियोजनाले आयोजा गरेको कर्यक्रममा स्थानीय सरकाले गर्ने हरेक क्रियाकलापमा दलित तथा दलित महिलाहरुको अर्थपूर्ण सहभागी कसरी गराउन सकिन्छ भन्ने बियमा छलफल गर्दै दलित महिला संघ फेडोले नगर पालिका तथा दलित महिला संजाल र महिला समुह संग दलितको हक हित र उनि हरुको आर्थिक प्रगतिलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषएमा सम्बाद कार्यक्रम गरिएको फेडो डोटीका अध्यक्ष लक्ष्मी वादीले बताउनुभयो ।


जातिय लैगिक तथा अन्य विभेद जन्य ब्यावाहार सोरोकार , समावेशी सुशासित दिगोबिकास सहितको समुन्नत समाज निर्माण गर्न दिपायल सिलगडी नगर पालिकाकोले काम गर्ने दलित हितको लागि सधै कार्यक्रम गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बिजय खड्काले बताउनु भयो ।

Sayalb

कार्यपालिकाबाट आफुले गरेको निर्णय कार्यान्वयन भए मठ मन्दिर भन्दा दलित समुदायको क्षमता विकास, आर्थिक उन्नति जस्ता विषयमा बजेट विनियोजन गर्ने नगर प्रमुख खड्काले बताउनुभयो ।

दलित समुदायको प्रतिनिधित्व गर्दै जिल्ला समन्वय जिल्ला समन्वय उप प्रमुखको पदमा आई पुग्नु भएकी स्मृति चुनाराले विभिन्न विभेदका घटना भोग्दै आएको र समाजमा अझै छुवाछूतका घटना व्याप्त रहेकोले जातिय तथा लैङ्गकि आधारमा भएको भेदभावलाई कुनै पनि हालतमा समाधान तर्फ लैजान स्थानीय सरकार संग अपिल गर्नु भयो । बजेट, नीति तथा कर्यक्रममा नियमित समाबेस गरी स्थानीय तहमा महिला तथा दलितको अर्थपूर्ण सहभागी हुनुपर्ने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, अधिकारकर्मि, दलित अधिकार कर्मी पत्रकार लगाएतको उपस्थित रहेको थियो।

Shaileshwori
Loading...