चौरपाटीमा सामुदायिक सुचना केन्द्र उद्घाटन

एकेन्द्र महता, अछाम
अछामको चौरपाटी गाँउपालिकामा सामुदायिक सुचना केन्द्र स्थापना तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियन र डिसिएको आर्थिक सहयोगमा मालिका विकास संघ नेपाल अछामद्धारा सञ्चालित परियोजनाबाट गाउँपालिकामा सुचना केन्द्र स्थापना सहित उद्घाटन गरिएको हो । शुक्रबार सुचना केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले सहि सुचना आदान प्रदानमा सुचना केन्द्रले महत्वपूर्ण योगदान दिने बताउनु भयो । सुचना केन्द्र स्थापना गरि सहयोग गरेकोमा सस्थालाई अध्यक्ष साउँदले धन्यवाद व्यक्त गर्नु भयो । यसलाई सहि सदुपयोग सहित प्रभावकारी बनाउनका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ । आफनो कार्य क्षेत्रका पालिका चौरपाटी, पञ्चदेवल विनायक नगरपालिका र मंगलसेन नगरपालिकामा सुचना स्थापना केन्द्र स्थापनामा सहयोग गरिने मालिका विकास संघ नेपाल अछामका परिवर्तन परियोजना संयोजक रतन रावलले बताउनु भएको छ ।

जिल्लाका तीन वटै स्थानीय तहमा सुशासन कायम गर्नका सुचना केन्द्र स्थापना गरिएकाले यसको सहि सदुपयोगको कामना गर्नु भएको थियो । सुचना व्यवस्थापनका लागि झण्डै ४ लाख १८ हजार बढीको सामाग्रि चौरपाटी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सुचना केन्द्र स्थापना तथा उदघाटन कार्यक्रम चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउँद, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, मालिका विकास संघ परिवर्तन परियोजना संयोजक रतन रावल, सामाजिक विकास अधिकृत गोपि सिह नेपाली, मालिका विकास संघ नेपालका कार्य समिति सदस्य एकेन्द्र बि.क., गाउँपालिकाका सुचना प्रविधि अधिकृत मुकेश कुँवर, स्वास्थ्य शाखाका संयोजक कमल साउँद लगाएतको सहभागिता रहेको जनाइएको छ ।
