यो वर्ष विकासको परिणाम दिने वर्ष हो मेल्लेख गाउँपालिकाका अध्यक्ष बोहरा

एकेन्द्र महता, अछाम
मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले यो वर्ष गाउँपालिकाको विकासको परिणाम दिने वर्ष भएको बताउनु भएको छ । शुक्रबार अध्यक्ष बोहराले गाउँपालिकामा सुरुवात गरेका ठूला योजनाहरुको प्रतिफल यो वर्ष आउने दावि गर्नु भएको हो । गाउँपालिकामा ग्रामिण उद्योगको सञ्चालन, अस्पतालको सेवा विस्तार, सडक कालोपत्रे, शिक्षा क्षेत्रमा नयाँ फड्को यसै वर्षमा हुने दावि गर्नु भएको छ । ग्रामिण उद्योगको भवन यसै वर्षमा निर्माण सम्पन्न भए पछि जनताले उत्पादन गरेका कोदो, जौ, मकै लगायतका सामाग्रीहरुलाई बजारिकरण गरिने अध्यक्ष बोहराको भनाई रहेको छ । जनताको आय आर्जनमा बृद्धि गर्न जनताबाट खरिद सामाग्रीहरुलाई ग्रेडिङ गरी गाउँपालिकाको आफ्नै लोगो प्रयोग गरेर बजारमा पठाउने धारणा व्यक्त गर्नु भएको छ ।

Sayalb

एक वडा, एक कृषि सहकारी गठनको प्रक्रियालाई प्राथमिकता, बाँझो जग्गाको वस्तु वितवरण तयार गर्ने, मासुलाई आत्मनिर्भर बनाउन बाख्रा पालन व्यवसायलाई अनुदान, पशु रोग पहिचानका लागि पशु प्रयोगशाला (ल्याब) स्थापना गरिने अध्यक्ष बोहराको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष बोहराले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादन मूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय सहभागिता जुट्ने लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिएको जानकारी दिनु भएको छ ।

यस्तै उहाँले ३२ बर्ष देखि लालपूर्जा विहिन मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीका स्थानीय वासिन्दालाई दशैँ अघि नै उपहारका रुपमा लालपूर्जा वितरण गरिने बताउनु भएको छ । ठाटीका ४ सय ७ घर धुरीका स्थानी वासिन्दालाई लालपूर्जा वितरण गरिने बताउनु भयो । साविक ठाँटी गाविस र कुस्कोट गाविसको सीमानामा रहेका भेडा लोटाउने र चनकाल्ना जग्गाको विवादका कारण करिब ४ सय ७ घर धुरी लालपूर्जा विहिन अवस्थामा रहेका छन्। मेल्लेख गाउँपालिकामा विकास निर्माणका लागि जनता र स्थानीयवासिन्दा बिच समन्वय हुन जरुरी रहेको पनि अध्यक्ष बोहराको भनाई रहेको छ ।

Shaileshwori
Loading...