दुर्गा मन्दिर विकास र प्रचार प्रसारको पर्खाइमा

गोपाल विष्ट, डोटी ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ देहीमाण्डौमा रहेको दुर्गा मन्दिर विकास र प्रचारप्रसारको पर्खाइमा रहेको छ । धार्मिक पर्यटकीय एवं ऐतिहासिक महत्त्व बोकेको वरिपरि द्वारका रूखले घेरेको दुई वटा देवल एक भण्डारपेटिका सहित रहेको दुर्गा मन्दिरको विकास र प्रचार प्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।
पर्यटकीय सम्भावना बोकेको दुर्गा माता मन्दिर पहिले देखि नै दुर्गाकी देवीको पूजा आराधना गरिन्छ । यहाँ वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाका दिन विशेष गरेर देही जात्रा मनाउने गरेको स्थानीय राम बोहरा बताउँछन् । अहिलेको युगसम्म आइपुग्दा पनि विकास र प्रचारप्रसार भएको पाएको छैन । धार्मिक महत्त्वको दृष्टिकोणले यसको बेग्लै पहिचान रहेको स्थानीयको भनाइ छ ।
Sayalb
पुरानो किंवदन्ती अनुसार जुम्लाका राजाले राज गरेका हुनाले यहाँ मन्दिर निर्माण गरेको पाइएको छ । पुरानो ढुङ्गामा तरबारले काटेर बिचमा दुई वटा टुक्रा पारेको अहिलेसम्म जीवित छ । दुर्गा देवीको पूजापछि मनले चिताएको, चाहेको पूरा हुँदै आएको धार्मिक विश्वास छ । यसको विकासमा मन्दिर व्यवस्थापन समिति अहिले मौन बसेको देखिन्छ । स्थानीय सरकार, वडा, मन्दिर विकास समिति तथा अन्य सरोकारवाला कसैको ध्यान पनि मन्दिरको विकासमा गएको पाइँदैन । मन्दिरको विकासमा स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने हो ।
यो मन्दिरलाई भगवती देवी अथवा देहीमाण कि देवी भनेर पनि चिन्ने गरेको पाइन्छ । अर्कोतर्फ १२ गाउँकी जात भनेर चिनिन्छ । उहिले १२ गाउँका देउरा ल्याउने हुनाले १२ गाउँकी जात भनिएको हो तर हाल तीन गाउँका मात्रै देउरा आउने गरेका छन् । यहाँ साझको समयमा बाजा गाँजा बजाउने, धामी झाँक्री नाच्ने/काम्न, गाँज नचाउने, लालच्छाता नचाउने, चौलो हान्ने हुन्छ । पूर्णिमाको दिन त्यही जात्रा बिहान पूजा आराधना गरिन्छ । दिउँसो विभिन्न ठाउँबाट मेला भर्न आउनेको लर्को देख्न पाइन्छ । भक्तजन दर्सालु तीर्थयात्री मेला भर्न टाढा टाढाबाट आउने गर्दछन् ।
देही जात्रालाई समेटेर गीत पनि गाइएका छन् ।  देहिमाण द्वारका रुख, एक दुई बासो र साली भिनाजुकी ठौर हुन्या रैछ हासै हाँसो लगायतका गीत साङ्गीतिक बजारमा छन् । यी गीतले केही हदसम्म यस मन्दिरको प्रचारप्रसार भएको छ । धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको दुर्गा मन्दिरको प्रचारप्रसार गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धन हुनेछ । साथै पर्यटकले यहाँबाट देखिने सैपाल हिमालको मनोरम दृश्यको अवलोकन गरी मनोरञ्जन लिन सक्ने छन् ।
Shaileshwori
Loading...