दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

Sayalb

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे । नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोट्र्जे र अक्षर पटेलले २/२ विकेट झारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए । दिल्लीले सन्दीपलाई भने मैदान उतारेन ।

Shaileshwori
Loading...