मुम्बई इण्डियन्स आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा 

Sagan sahari bhawan nirman aayojana

साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाउनुभयो । मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोड्नुभयो । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ ।

Shaileshwori
Loading...