बुधबारको खेलमा कोलकातासँग चेन्नई पराजित,चेन्नईको चौथो हार

इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबार भएको खेलमामा कोलकाता नाइट राइडर्ससंग चेन्नई सुपर किंग्स पराजित भएको छ । गएराति अबुधाबीमा भएको खेलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो । चेन्नई सुपर किंग्सको यो चौथो हार हो भने कोलकता तेस्रो जित हो ।

Sayalb

जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । जितसँगै कोलकाताले पाँच खेलमा ६ अंक बनाउदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नई पुछारबाट चौथो स्थानमा छ । प्रतियोगिता अन्र्तगत बिहीबार सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जाब बिच खेल हुनेछ ।

Shaileshwori
Bolpatra
Loading...