एकल महिला समूह डोटीद्वारा एकल महिलाई राहत वितरण

चक्र बलायर/डोटी
मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले एकल तथा सिमान्तकृत महिलाहरुलाई राहात वितरण गरेको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीको आयोजनामा आईतबार डोटीको पुर्विचौकि गाउपालिकामा रहेका सबै वडाका एक सय २० जना एकल तथा सिमान्कृत महिलाहरुलाई २५ केजि चामल, १ केजि दाल, १ केजि चना, ३ पोका तेल, १ पोका नुन, हातधुने साबुन, सेनिटाईजर, मास्क र सेनिटरि प्याड लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो ।

Sagan sahari bhawan nirman aayojana

कोरोनाको महामारिले गर्दा एकल महिला, अपांग, बेसाहारा तथा सिमान्तकृत महिलाहरुको दैनिकि कष्टकर भईरहेको बेलामा केही राहत मिलोस् भन्ने उदेश्यले राहात सामग्री वितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मि देउवा बमले बताए ।
उक्त खाद्यान्न तथा स्वास्थ्य सामग्री ग्रहण गर्दै कोरोनाले गर्दा कामकाज केहि नभएको र आफ्नो कमाई गर्ने केही बाटो नभएका बेला यो सामगी्रले आफुहरुलाई धेरै ठूलो राहात मिलेको स्थानिय बिस्ना देबि नेपालिले बताईन । आफु बेसाहारा र अशक्त भएका बेला आफुसंग खानेकुरा नभएपछि साझ बिहानको छाक टार्न समेत मुस्किल भएको बेला यसरी खाद्यान्न सहितका सामाग्री पाउँदा आफु धेरै खुसि भएको ६५ वर्षीया स्थानिय कलु देवी कोलीले बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिका र पुर्विचौकि गाउपालिकामा रहेका ३ सय एकल, असाय, अपाङ्ग र सिमान्तकृत महिलाहरु मध्य आज पुर्विचौकि गाउपालिकामा १ सय २० जना महिलाहरुलाई सामगी्र वितरण गरिएको र सोमबार र मंगलबार दिपायल सिलगढी नगरपालिकामा रहेका १ सय ८० जना एकल तथा असहाय महिलाहरुलाई बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक बमले बताउनु भयो ।

Shaileshwori
Loading...