सोमबार थप ९ जनामा कोरोना पुष्टि

डडेल्धुराको डडेल्धुरा अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा सोमबार (आज) थप ९ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा ६७ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा थप नौ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषाले जानकारी दिनुभयो ।

जसमा डडेल्धुराका २ र बैतडीका ७ जना हुन । डडेल्धुराको परशुराम नगरपालिकाका दुई जना र बैतडीको पाटन नगरपालिकाका थप सात जनामा कोरोना पुष्टि भएको ईन्चार्ज भूषालले बताउनु भयो ।
