डोटीका एक जनामा कोरोना पुष्टि
सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय १२ नमुनाहरुको कोरोना परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो ।
आज जिल्लाको आदर्श गाँउपालिका वडा नम्वर ५ का १८ वर्षीय एक जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । थप एक जना संक्रमित थपिएसंगै जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या एक हजार एक सय २५ भएको छ । हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय रहेको पनि स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।