सुरेन्द्र बलायरको अध्यक्षमा फोकस युवा क्लव गठन


चक्र बलायर/डोटी
डोटीको शिखर नगरपालिका वडा नम्वर ११ मा युवा क्लव गठन गरिएको छ । स्थानीय युवा सुरेन्द्र बलायरको अध्यक्षतामा वडाका युवाहरु, बुद्धिजीवी, समाज सेवी लगायतको आम भेलाले ११ सदस्यीय फोकस युवा क्लब गठन गरेको हो । क्लवको उपाध्यक्षमा राम बलायर, सचिवमा केशब बलायर, सह–सचिवमा गणेश बलायर, कोषाध्यक्षमा प्रिया बलायर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टेक नेपाली, तेज बलायर, अमर बलायर, तेज बहादुर बलायर, सन्तोष कामी र केशब बलायर चयन भएका छन् ।
क्लवको सल्लाहकारमा रमेश बहादुर रोकाया, गगन बलायर, देवीलाल ओझा, हरी बलायर, राम बहादुर बलायर, विनोद बलायर , अर्जुन बहादुर बलायर रहेका छन् । क्लवले युवाहरुको नेतृत्व विकास, खेलकुद, समाजिक शुसासन, भ्रष्टाचार, सामाजिक मुद्धा लगायतका विषयमा केन्द्रित रहेर कार्य गर्ने अध्यक्ष बलायरले बताए । तेसैगरि युवालाई जिम्मेवारी र कर्तव्य पर्ती सजग गराई देश निर्माणमा सचेत गराउन, समाजमा सुशासन कायम गर्न, युवामा नेतृत्व विकास गराउन, सामाजिक विकृति र विसङ्गति बिरुद्ध आवाज उठाउन क्लबको गठन गरिएको सचिब केसब बलायरले बताए ।
