डोटीका सात सहित ९ जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

टेक साउद/डोटी
जिल्ला अस्पताल डोटीको प्रयोशालामा बुधबार गरिएको कोरोना परिक्षणमा डोटीका सात सहित थप नौ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टमा ७९ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा थप नौ जनामा कारोना पुष्टि भएको अस्पतालका प्रयोशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । प्रयोशाला ईन्चार्ज श्रेष्ठका अनुसार डोटीका ४ पुरुष र ३ महिला गरी सात जना र अछामका एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना देखिएको हो ।

Shaileshwori
Loading...