२ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

Sayalb

डोटी : देशभर २ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । नेपालमा हाल ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर २ हजार ३ सय २६ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या ९२ हजार १ सय ६६ रहेको छ ।
छिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

Shaileshwori
Loading...