लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । लोक सेवा आयोगले आज सुचना प्रकाशन गर्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

bhukampa

परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएकोले परिक्षासंग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आईसोलेसनमा रहेका कारण परिक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परिक्षा व्यवस्थापन गर्न समस्या हुने भन्दै सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको सुचनामा उल्लेख छ ।

Shaileshwori
Loading...