सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड(१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताउनुभयो ।

Sayalb

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताउनुभयो । कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते ९अक्टोबर १७ ० देखि खुला गरिसकेको छ ।

पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंल्याए। प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए।

एनएमएले पाँच हजार आठ सय मिटरभन्दा कम उचाइका २७ हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ। नेपालमा आठ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथादेखि विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन्। तीमध्ये सरकारले हालसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ।

Shaileshwori
Loading...