कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधी पुरुषोत्तम भण्डारीको एक इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

भागवत अर्यालसमेतले कक्षा ११ मा यस वर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने आदेश जारी हुनुपर्ने माग गर्दै पाठ्यक्रम विकास केन्द्रविरुद्ध उत्प्रेषण मुद्दा दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

Sayalb

सरकारले गत वर्ष राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ स्वीकृत गर्दै २०७७ बाट लागू गरिने तयारी गरेको थियो। तर शैक्षिक सत्र सुरु हुने बेला लामो अवधिसम्म निषेधाज्ञा र लकडाउन भएकाले कक्षा ११ मा भर्ना समेत हुन सकेको छैन। निजी विद्यालयहरूले पनि यस वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न तयारी नपुग्ने भन्दै विरोध गर्दै आएका थिए।

तर सरकारले भने नयाँ पाठ्यक्रम अनुसार नै कक्षा ११ मा पठनपाठन हुने भन्दै सचेत रहन अभिभावक तथा विद्यार्थीमा आग्रहसमेत गरेको थियो।

नयाँ पाठ्यक्रम तत्काल लागू भइनसकेको तर तत्काल टुंग्याउनुपर्ने विषय भएको ठहर गर्दै सर्वोच्चले अग्राधिकारमा राखेको समेत जनाएको छ।

Shaileshwori
Loading...