कोरोनाको नि:शूल्क उपचार गर्न सरकारलाइ निर्देशन 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

Sayalb

शुक्रवार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो ।

सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न भन्दै समितिले तोकेको भत्ता बेलैमा दिन पनि निर्देशन दिएको छ ।

Shaileshwori
Loading...