Before Header
After Navigation

अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ: प्रधानमन्त्री ओली

डोटी : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

शनिबार बेलुकी एपीवान टेलिभजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पटकपटक प्रधानमन्त्री भइसकेका र नेतृत्व हाँकिसकेका नेताहरुले फेरि नेतृत्वको लडाइँमा आएको भन्दै आश्चर्य पनि प्रकट गरेका छन्।

 

Sagan sahari bhawan nirman aayojana

‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा भने भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ?’

कार्यक्रममा बोल्दै ओलिले आफेनो स्वार्थ मात्र नभएर देशको लागि हेर्न सबै नेतृत्वलाइ आग्रह गरेका छन् । आफूले कुनै गुट नचलाएको तर अरु नेताहरुले गुट चलाउँदा आफू आश्चर्यचकित भएको ओलीले बताएका छन्। ।

शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बालुवाटारमै गएर सचिवालय बैठक बोलाउन लिखित अनुरोध गर्दा पनि ओलीले अस्वीकार गरेका थिए।

Shaileshwori
Loading...