बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

 डोटी । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

Sayalb

प्री–आइसोलेसन युनिटमा भर्ना गरेर अक्सिजन र एन्टिबायोटिक लगायत सबैखाले उपचार विधि अपनाउँदा पनि उनलाई बचाउन नसकिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतकमा निमोनियाको समस्या थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो ।

Shaileshwori
Loading...