दाङ देउखुरीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

Sayalb

डोटी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
गएराति ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्र्तीको मृत्यु भएको छ । मृतकलाइ पोष्टमाटमको लागी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...