नेपाल मुक्तक प्रतिष्ठान कोरियाले चलायो पाठ्यक्रममा मुक्तक अभियान

टेक विवस साउद

bhukampa

कामको सिलसिलामा कोरिया गएका करिब ५० जना युवाहरू अहिले मुक्तक प्रतिष्ठानमा आबद्ध छन्। ती युवाहरूको समूह अहिले स्ञ्जालदेखि सरकारसम्म भन्ने मूल नारा लिएर पाठ्यक्रममा मुक्तकलाई समावेश गर्नुपर्छ भन्ने अभियानमा लागेका छन् ।
देश तथा विदेशमा रहेका करिब ४००० जना मुक्तककारहरू हाम्रो साथमा हुनुहुन्छ भन्दै नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर एन अधिकारीले यो सम्पूर्ण मुक्तकप्रेमी महानुभावहरूको अभियान भएको बताउनुभयो । जसले चलाए पनि यो अभियान चलाउन अति आवश्यक थियो, किनकि नेपाली काव्य जगतको निकै पुरानो विधा मुक्तक विधा तथा समकालीन साहित्यमा सबैभन्दा रुचाइएको विधा पनि हो उहाँले थप्नुभयो। सञ्जाल वर्तमान परिप्रेक्ष्यमा अत्यन्तै प्रभावकारी सूचना सम्प्रेषणको साधन हुनाले यो अभियान प्रभावकारी रहेको उहाँको जिकिर छ ।

नेपाल मुक्तक प्रतिष्ठान कोरिया मुक्तकको विकास र उत्थानका निमित्त विभिन्न कार्यक्रम, सम्मेलन, गोष्ठी, मुक्तक मेला तथा मुक्तक कृति प्रकाशन गर्दै आएको संस्था हो । जसको झिल्को नामक संयुक्त मुक्तकसङ्ग्रह भर्खरै प्रकाशित भएको छ ।

Shaileshwori
Loading...