लैंगिक उत्तरदायी रिपोर्टिङ तालिम सम्पन्न

किरण धामी

डोटी साउन २३

Sayalb

भिडियो कम्फरेन्सको माध्यमबाट मंगलबार देखि शुरु भएको लैंगिक उत्तरदायी रिपोर्टिङ सम्बन्धि चार दिने अभिमुखिकरण तालिम शुक्रबार सम्पन्न भएको छ ।

डोटी र कैलालीका पत्रकारहरु सहभागी रहेको तालिम कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याकले आयोजना गरेको हो । तालिम दलित महिला अधिकार मञ्च र सम विकास केन्द्र डोटीको सहकार्यमा र यु एन वुमन नेपालको सहयोगमा सम्पन्न भएको महिलाको न्यायमा पहुँच परियोजना डोटीका कार्यक्रम संयोजक बबिता सेवाले जानकारी दिनु भएको छ । तालिममा क्रमश पहिलो, दोस्रो , तेस्रो र चौथो दिन बरिष्ट पत्रकारहरु अनिता बिन्दु , बबिता बस्नेत , प्रकाश घिमिरे, लोकश्री कुवँर र अधिवक्ता अनिता न्यौपाने थपलियाले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा डोटी र कैलालिका २० जना पत्रकारको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...