बिजुलीका नाङ्गा तार ब्यवस्थापन नहुदा स्थानीय त्रासमा

नरेश बोगटी / डोटी,भदौ १८

बिजुलीको नाङ्गो तथा लत्रीएको तार व्यवस्थापन नहुदा डोटीको शिखर –३ आलीका स्थानीय बासिन्दाले त्रासमा बस्नु परेको छ । आलीगाउँमा बिधुतका तारहरु हरियो रुखको बिचमा, झाडीको बिचमा र काठको टेकोको भरमा रहेका छन् ।  स्थानीय तेजबहादुर बोगटीका अनुसार हरिया रुख र बिजुलीका घाँसहरुमा छोइएका कारण समय समयमा बिधुत अवरुद्ध हुने, फ्युज जाने, ट्रान्समिटरमा समस्या आउने, बत्ति मधुरो बल्ने लगायतका समस्या हुने गरेको छ ।

२०६४ सालमा गाउँमा बिजुली लाइन आउदा घरमा जडान गर्नको निमित्त रुखको खम्बाको सहारा लिएर जडान गरिएको थियोे । त्यहीँ रुखको खम्बा राखिएको बर्षौ भइसक्दा समेत खम्वा फेरिएका छैनन् । स्थानीयले पुरानो काठमको खम्बाको सट्टामा फलामे पोलको माग गरे सँगै बिधुत प्राधिकरणको दिपायल कार्यालयले गाउँमा पोल पुर्याएको ६ महिना पुगिसकेको भए पनि पोल गाड्ने काम भएको नभएको गुनासो स्थानीयको छ ।
बिधुत प्राधिकरण दिपायलले आलिगाउँमा बिधुतमा आएको समस्या समाधान गर्नका लागि अझै समय लाग्न सक्ने बताएको छ ।

Sayalb

Shaileshwori
Loading...