ईडिसीको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण सम्पन्न

Sayalb

नरेश बोगटी / असोज २५
सम विकास केन्द्र (ईडिसी) को बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
२०७६र०७७ सालको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम विकास केन्द्र डोटी नेपालका अध्यक्ष अधिराज बिसिको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐेरको प्रमुख अतिथ्यमा दिपायल शिलगढी नगरपालिका डोटीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा लामोसमय देखी विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको उक्त गैरसरकारी संस्थाले आफूले गरेका गतिविधीका बारेमा जानकारी दिने उद्धेश्यले सामाजिक परिक्षण एवम् समिक्षा कार्यक्रमको आयोजना गरेको केन्द्रका अध्यक्ष अधिराज बि सि ले बताए।
पहीला घरआगनकै समूदायमा बोल्न समेत डराउने महिलाहरु सस्थाका विभिन्न समुहमा आबद्ध भएपछी अहिले ढुक्क संग जुनसुकै कार्यक्रममा वोल्न सक्ने भएको दिपायल सिलगढी नगर पालिका वडा न २ कि वडा सदस्य लक्ष्मी बादिले बताइन।
जिल्लामा गरिब विपन्न, दलित तथा शिक्षा,स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्थाले कोभिड(१९ रोकथाम तथा नियन्त्रण गर्नका लागि अतुलनीय काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकिय अधिकृत शिव कुमार राईले प्रगतिको कामना समेत गर्नु भयो।
सम बिकास केन्द्रले सस्थाका हरेक परियोजनाका थालनी गर्दा जिल्ला समन्वय समितिसंग समन्वय गरिरहेको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति संयोजक राम ऐरले बताउनुभयो । सस्थाले सार्वजनिक रुपमानै सामाजिक परिक्षण गरि संस्थागत पारदर्शिता देखाएको समेत संयोजक ऐरले बताउनुभयो।
संस्थाले जातीय छुवाछूत बिरुद्ध, महिला तथा बालबालिका माथि हुने हिंसा , शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको र आगामी दिनमा पनि यस्तै काम गर्न कार्ययोजना बनाउदै जाने तथा सबैको सल्लाह सुझावलाई आत्मसात गर्दै अघाडी बढ्ने सम विकास केन्द्र नेपाल डोटीका सदस्य महेश परियारले बताउनुभयो ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र अगुवा व्यक्तिहरुको उपस्थिति रहेको थियोे

Shaileshwori
Bolpatra
Loading...