शुक्रबार देखी दिपायलबाट नियमित जहाज सञ्चालन हुने


कमला कँवर / असोज २६
शुक्रबारदेखी दिपायल देखी धनगढी नियमित उडान सुरु गर्ने भएको छ । दिपायलबाट धनगढीका लागी प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको समिट एयरले जानकारी दिएको छ ।
१८ जना सिट क्षमता भएको जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायल धनगढिको लागि बिहान ११ः३० बजे १८ जना यात्रु क्षमता भएको उडान भर्ने तय भएको प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आलेमगरका स्वकिय सचिब हेमन्त रेग्मीले जानकारी दिए । दिपायलदेखी धनगढीसम्मको टिकट ३ हजार दुई सय रहेको छ । समिट एयरको टिकटका लागी दिपायलमा रहेको होटर रिभर साईडमा पाईने होटल सञ्चालन नन्दन सिं कार्कीले जानकारी दिनु भएको छ ।
