नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरक्षेत्र सिल

Sayalb

बैतडीको पाटन नगरपालिका सिल हुने भएको छ । नगरपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधवार (आज) नगर उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यहि असोज २९ गते (भोली) देखि कार्तिक ३ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय गरेको हो । सिल अवधिभर बजार, व्यवसाय, कार्यालय तथा संघसंस्था बन्द हुने र आवतजावतमा पनि रोक लगाइने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

Shaileshwori
Loading...