Before Header
After Navigation

शिखरमा क्रिकेट प्रतियोगिता सुरु

शिद्धबाबा रोयल बारपाटा क्लबले आयोजना गरेको खुल्ला मैत्री क्रिकेट प्रतियोगिता बारपाटामा सुरु भएको छ ।

शिखर नगरपालिका वडा नं. ११ बारपाटामा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र उपलब्ध गराईने आयोजकहरुले जानकारी दिएका छन ।

Sagan sahari bhawan nirman aayojana

क्रिकेट प्रतियोगिताको शिखर नगरपालिकाका नगर उप–प्रमुख  धौलीदेबी रावलले उद्धघाटन गर्नु भएको थियो । नगरपालिकाले खेल क्षेत्रको बिकासका लागी सकरात्मक सहयोग गर्ने उप प्रमुख रावलले बताए ।

शिद्ध बाबा रोयल क्लबका अध्यक्ष अमरबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि शिखर नगरपालिका उप–प्रमुख धोलिदेबि रावल रहनु भएको थियो । कार्यक्रममा वडा सदस्य सान्त बहादुर रोकाया र आमन्त्रित  कार्यपालिका सदस्य गणेश बिक  रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य दिपक बलायरले गनुे भएको थियो भने संचालन कैलास बलायरले गरेका थिए ।

Shaileshwori
Loading...