भरतपुर महानगरका द्धार गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागी थप दुई करोड सहयोग
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले थप दुई करोड रुपैयाँ सहयोग गरेको छ।
महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेकी हुन । केही समयअगाडि पनि महानगरले दुई करोड रुपैयाँ सहयोग गरेको थियो ।सो रकमसहित यो आर्थिक वर्षमा भरतपुर महानगरले रंगशाला निर्माणका लागि चार करोड रुपैयाँ प्रदान गरेको हो।
महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन। उनले रङ्गशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको महानगरपालिका प्रमुख दाहालले जानकारि दिइन ।