कोरोनाबाट मुक्त भए सन्दीप लामिछाने, बिग ब्यास लिग खेल्न केही दिनपछि अस्ट्रेलिया जादै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
उनले आफू कोरोनाबाट मुक्त भएको जानकारी बुधबार सामाजिक सञ्जालमार्फत गराएका हुन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट संक्रमित भएका थिए।

त्यसपछि सेल्फ आइसोलेसनमा बसेका उनी आइतबार श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए।
उपचारपछि कोरोनाबाट मुक्त भएका उनी अब केही दिनको आरामपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया जानेछन्। जहाँ यही डिसेम्बर तेस्रो साता बिग ब्यास लिग सुरु हुँदै छ।
लामिछानेले तेस्रोपटक बिग ब्यास लिग खेल्न लागेका हुन्। यसपटक उनले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्ने छन्।

