दिपायलमा एक ब्यक्ति मृत फेला

डोटी, भदौ ७

डोटीको दिपायल सिलगढी नगरपालिका –५ जोगीडाब्रे नजिकै पथ्थरखानी भन्ने स्थानमा एक जना ब्यक्ति मृत अवस्थामा फेला परेका छन ।
ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार दिपायलमा मजदुरी काम गर्दै आएका डोटीकै बोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरका ४० बर्षिय सुर्यबहादुर बिष्ट रहेका छन् । मृतकको गोजीमा मदिरको क्वाटर फेला परेको बताईएको छ । बिष्टको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा डाटी ल्याउने तयारी भईरहेको छ ।
