वडा सदस्यको निधन

डोटी,भदौ ८

Sayalb

पुर्बिचौकि गाउँ पालिका वडा नं २ बगलेककि वडा सदस्य कलादेबी वलीको निधन भएको छ । बगलेक तल्लो रिखडा घर भएकी ३९ बर्षिय बहालबाला वडा सदस्य ओलीको आज बिहान निधन भएको वडा नं. २ का अध्यक्ष योगेन्द्र ठकुल्लाले जानकारी दिनु भएको छ । लिबरमा आएको समस्याका कारण ओलीको मृत्यु भएको ठकुल्लाले जानकारी दिनु भएको छ । वडा सदस्यको निधन भएपछी गाउँपालिकाले आज सार्बजनिक बिदा दिएको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनु भएको छ ।

वडा सदस्यको निधनपछी गाउँपालिकाले सार्बजनिक बिदा दिनुका साथै मृतक ओली प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै शोक बक्तब्य जारी गरिएको छ । ओलीको आजै साझघाटमा अन्त्यष्टी गर्ने कार्यक्रम तय गरिएको वडा अध्यक्ष ठकुल्लाले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...