Before Header
After Navigation

बाढीपिडितलाई डोटी चेम्वरको सहयोग

लोकेश अधिकारी

Sagan sahari bhawan nirman aayojana

डोटी भाद्र ११
डोटी चेम्वर अफ कमर्सले अछामको रामारोशन गाऊपालिका स्थित सैनी वजारका बाढी पिडितहरुलाई राहात स्वरुप नगद हस्तान्तरण गरेको छ । आज दिपायलको पिपल्ला स्थित चेम्वरको कार्यालयमा आयोजित एक कार्यक्रममा बाढि पिडितहरुका लागि २५ हजारको चेक प्रदान गरियको हो । बाढि पिडित क्षेत्रमा राहात सहित जान लागेका मिडिया कर्मी तथा युट्युवर विरेन्द्र धामी नेतृत्वको टोलि मार्फत उक्त चेक रकम प्रदान गरियको चेम्वर अफ कमर्स डोटीले जानकारी दियको छ । सैनि वजारका बाढि पिडितहरुलाई थोरै भय पनि राहात होस भनेर चेम्वरको तर्फबाट उक्त रकम प्रदान गरियको सँस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनु भयो । भाद्र २ गते राति अछामको रामारोशन स्थित कैलास खोलामा आयको बाढिले सैनि बजार क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । बाढि तथा पहिरोमा परेर स्थानिय १२ जनाले ज्यान गुमायका थिय भने ५ जना अझै बेपत्ता रहेका छन । ज्यान गुमाउने तथा प्रभावित हुनेहरुमा अधिकांस व्यापारी थिय ।

Shaileshwori
Loading...