प्रख्यात फुटबलर डियगो म्याराडोनाको निधन

डोटी: अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। अर्जेन्टिनाका विश्‍वविजेता फुटबलर म्याराडोनाको बुधबार निधन भएको हो। अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार ब्रेनको सर्जरी गरेको दुई साता नबित्दै हृदयघातको कारणले उनको निधन भएको हो।

अस्पतालबाट ब्रेन सर्जरी गरेर घर फर्किएका म्याराडोनालाई घरमै हृदयघात भएको बेलायतको चर्चित अनलाइन डेलीमेलले उल्लेख गरेको छ।

म्याराडोना विश्व फुटबल इतिहासकै महानतम् खेलाडीमध्ये एक हुन्। उनकै प्रेरणमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो। ​

Sayalb

नले आफ्नो फुटबल करिअर अघि बढाउने क्रममा अर्जेन्टिनी क्लब बोका जुनियर्स, इटालियन क्लब नापोली, स्पेनिस क्लब बार्सिलोनासहितबाट खेलेका थिए। जादुयी खेल कौशलका धनी उनका विश्वभर करोडौं फ्यान रहेका छन्।

म्याराडोना सन् १९८६ को विश्‍वकपमा इङ्ल्यान्डलाई हराउन ुह्यान्ड अफ गडु को मद्दतमा गरेको गोलका कारण चर्चित थिए। म्याराडोनाको निधनको पुष्टि उनका वकिल म्याटियास मोरलान्हन्सले पनि गरेका छन्। म्याराडोनाको निधनको खबरले खेल जगत स्तब्ध भएको छ।

उनी आपत्कालीन ब्रेनको सर्जरी गरेपछि गत नोभेम्बर ११ तारिखमा मात्रै अस्पतालबाट बाहिरिएका थिए। अस्पतालमा उनको दिमागमा जमेको रगत निकाल्न अप्रेशन गरिएको थियो।

Shaileshwori
Loading...